लता मंगेशकरको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज हुने

एजेन्सी— भारतकी चर्चित गायिका लता मंगेशकरको स्वास्थ्यमा निकै सुधार आएको छ । यो जानकारी भारतीय मिडियालाई उनकी भान्जीले दिएकी हुन् । तीन साता अघि उनी उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । त्यति बेला उनको मृत्यु भइसकेको अफवाहसमेत फैलिएको थियो । 

९० वर्षीया मंगेशकर ११ नोभेम्बरमा सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनकी भान्जी रचना शाहले उनलाई भेन्टिलेटरमा राखिएको भए पनि अहिले निकै सुधार भइसकेको बताएकी छिन् । तर, उनी कहिले डिस्चार्ज हुन्छिन् भन्ने चाहिँ निश्चित नभइसकेको उनले बताएकी छिन् । 

‘छिट्टै अस्पतालले डिस्चार्ज गर्ने जनाएको छ,’ उनले भनेकी छिन् ।

सात दशकसम्म संगीतमा लागेकी मंगेशकरले ३० हजारभन्दा धेरै गीत गाएकी छिन् । उनलाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न सम्मान पनि दिइएको थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १२:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया