साइक्लिङमा नेपाललाई दुई स्वर्ण

काठमाडौं– पदक तालिकामा शीर्ष स्थानमा रहेको नेपालले आफ्नो नाममा थप स्वर्ण पदक थप्ने क्रम जारी रहेको छ । प्रसंग हो, १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको । 

बुधबार दिउँसो सम्म नेपालले पदक तालिकामा आफ्नो नाममा २७ स्वर्ण दर्ज गरिसकेको छ । यो सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने नेपाललाई भारतले पछ्याइरहेको छ ।

यही क्रममा नेपालका लागि साइक्लिङ डाउनहिलमा दुई स्वर्ण थपेको छ । पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १२:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया