भारतमा १२ वर्षीय छात्रले बोर्ड परीक्षा दिने, बनाए रेकर्ड

एजेन्सी– मणिपुरमा १२ वर्षका एक बच्चाले १० कक्षाको बोर्ड परीक्षा दिने भएका छन् । भारतमा सानो उमेरमा परीक्षा दिने उनी सबैभन्दा युवा छात्र बनेका छन् ।

अधिकारीहरुको हवाला दिँदै भारतीय मिडियामा १४१ आइक्यु स्कोरका आइज्याक पललुंगमुआन माउन्ट ओलिभ स्कुलको छात्र भएको बताएका छन् । उनले सन् २०२० मा एसएलसीको परीक्षा दिने भएका हुन् ।

बोर्ड परीक्षाको बैठकमा सरकारको अनुमति हासिल गर्नका लागि उनले मनोवैज्ञानिक परीक्षा पनि पास गर्नु पर्ने बताइएको छ । मणिपुर माध्यमिक शिक्षा बोर्डका सचिव चिथुंग मेरीलाई उद्धृत गर्दै भारतीय मिडियाले अहिले १० कक्षाको बोर्ड परीक्षा दिन कम्तिमा पनि १५ वर्षको हुनु पर्ने नियम भएको उल्लेख गरेका छन् ।

तर, आइज्याक विशेष भएकाले उनलाई यो छुट दिइएको जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १२:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया