सुन्दर पिचाई अब अल्फाबिटाको पनि सिइओ

एजेन्सी– भारतीय मूलका गुगलका सिइओ सुन्दर पिचाइले अब कम्पनी अल्फाबिटाको पनि नेतृत्व गर्ने भएका छन् । गुगलकै प्यारेन्ट कम्पनी अल्फाबिटाको सिइओमा उनलाई छानिएको हो । 

गुगलका कोफाउन्डर ल्यारी पेजले अल्फाबिटाबाट केही समयअघि मात्र सिइओ पद छोडेका थिए । त्यही पदमा अब सुन्दर पिचाईलाई जिम्मेवारी दिन लागिएको हो । 

त्यसो त गुगलका कोफाउन्डर सर्गेइ ब्रिनले पनि अल्फाबिटाको प्रेसिडेन्ट पदबाट राजीनामा दिएका छन् । 

पिचाईले चाहिँ आफूले अल्फाबिटाको नेतृत्व गर्नुलाई खुसीको खबर भएको बताएका छन् । उनी सन् २००४ देखि गुगलको विभिन्न पदमा आवद्ध छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १३:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया