मेडिकल कलेजका विद्यार्थीले बहिस्कार गरे दोस्रो चरणको परीक्षा

काठमाडौं– मेडिकल कलेजका विद्यार्थीहरुले एमबिबिएस तथा बिडिएसको दोस्रो चरणको परीक्षा पनि बहिस्कार गर्ने निर्णय गरेका छन् । बुधबारबाट सुरु हुने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमबिबिएस तथा बिडिएस प्रथम वर्षको परीक्षा आन्दोलनरत विद्यार्थीहरुले बहिष्कार गरेका हुन् । उनीहरुले पेन डाउन गरेर यो परीक्षा बहिस्कार गरेका हुन् । 

मेडिकल कलेजले लिएको अतिरिक्त अवैध शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म कुनै पनि परीक्षामा सहभागी नहुने घोषणासमेत गरेका छन् ।

निजी मेडिकल कलेज सन्चालकहरुले आफूले लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने बताए पनि यो कार्यान्वयनमा आउन सकेको छैन । उनीहरुले सरकारसँग गरेको सहमति पनि एकतर्फी भएको विद्यार्थीहरुको आरोप छ । 

वीरगन्जको नेसनल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेजलागयतका विद्यार्थी एकजुट भएर यो परीक्षा बहिस्कार गर्ने निर्णय गरेका हुन् । 

यसअघि २१ कात्तिकमा लिइने भनिएको परीक्षा विद्यार्थीहरुहरुले बहिस्कार गरेपछि १८ मंसिरदेखि परीक्षा सुरु गर्ने आइओमले सूचना जारी गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १३:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया