ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत

पोखरा– काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्रायथलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ । 

ट्रायथलनमा पाँच स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी प्रतिस्पर्धामा थिए । नेपालका लागि महिलातर्फ ट्रायथलनमा स्प्रिन्टमा सोनी गुरुङ, डुबाथलनमा पुरुषतर्फबाट हिमाल टमाटाले एक एक स्वर्ण दिलाएका हुन् । 

डुबाथलन पुरुषतर्फको स्प्रिन्टमा लक्ष्मण मल्ल र महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाए । सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गर्यो । 

ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सांसद दिपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १४:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया