कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न

काठमाडौं – १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत यही मंसिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बंगलादेशका खेलाडी जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताए । उनका अनुसार सो खेलमा माल्दिभ्स र भुटानबाहेक नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन् । 

खेलमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाको महिला र पुरुष टिमको सहभगिता रहनेछ भने पाकिस्तानबाट पुरुष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बंगलादेशका लागि बेलकम, भारत र श्रीलंकाका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १५:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया