धरानका स्वर्गीय मेयरको सालिकमा माल्यार्पण गरेर नवनिवार्चित मेयरले सम्हाले पदभार

धरान– मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा निवार्चित भएका मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् ।

उनले धरान १६ स्थित गणेशमान सिंहको सालिकमा र धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा माल्यार्पण गरेर पदभार ग्रहण गरेका थिए । 

उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । उनले २६ वर्षपछि धरानमा कम्युनिष्टको बिरासत तोडेका थिए ।

धरान ७ को वडाअध्यक्षमा विजयी नेकपाका जीवनराज सुवेदीले भने मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १६:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया