पुरुष ८७ किलोमाथिको तेक्वान्दोमा नेपालका कार्कीलाई स्वर्ण

काठमाडौं– नेपाललाई तेक्वान्दोबाट थप एक स्वर्ण प्राप्त भएको छ । 

पुरुष ८७ किलोमाथिको प्रतिस्पर्धामा नेपालका सक्षम कार्किले पाकिस्तानका वकार अली साहलाई २७–९ले पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । 

पहिलो राउन्डमा ३–३को बराबरी भएको खेलमा सक्षमले दोस्रो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै १६–४को अग्रता बनाए । 

त्यस्तै, अन्तिम राउन्डमा ८–२को जित हासिल गरे ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १६:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया