काठमाडौं– बुधबार छापावाला सुन प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य बुधबार तोलाको आठ सय रुपैयाँले वृद्धि भएको हो ।
आइतबार सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार र मंगललबार दुई दिन ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला ७१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र मंगलबार प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।