किन हुन्छ पिनास ?

बदलिँदो मौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ ।  नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।

लक्षण 

  •  पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र  अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् । 
  •  पिनास भएमा बच्चामा पटकपटक रुघा लाग्ने र ज्वरो आउने हुन्छ । यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । बिस्तारै संक्रमण फैलँदै आँखामा पुगेमा पिप जम्ने तथा अन्य जटिल समस्या देखापर्न सक्छन् । 

 

रोकथाम र उपचार  

  •  रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी सेवन गरेमा पिनासबाट बच्न सकिन्छ । 
  •  धुवाँ–धुलोबाट जोगिनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ । 
  •  सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ । 
  •  पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । 




  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार २३:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया