घुस लिँदालिँदै प्रहरी पक्राउ

मोरङ — तरकारी व्यापारीसँग घूस लिँदै गर्दा विराटनगरमा बुधबार प्रहरीका एक असई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाई इटहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत श्यामकुमार दाहाललाई घाँसचोकमा एक तरकारी व्यापारीसँग सात हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीले विराटनगरको सीआरभी पोस्ट केसलियामार्गमा उनको नेतृत्वमा ११ जना प्रहरीलाई खटाएको थियो । अख्तियार इटहरीका डीएसपी श्यामकुमार मगरको नेतृत्वमा आएका टोलीलाई असई दाहाललाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सुनसरीबाट विराटनगर ल्याउने भारतीय तरकारी जाँच नगर्ने सर्तमा तरकारी व्यापारीसँग अवैध रकम असुल्ने क्रममा पक्राउ गरिएको बताए । दाहालले घूस रकम मागेपछि व्यापारीले अख्तियारमा उजुरी गरेका थिए । दाहाल दुई महिनाअघि इलामबाट जिल्ला प्रहरी मोरङमा आएका थिए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार ८:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया