निमाले उसुमा जितिन् स्वर्ण, बनाइन् रेकर्ड

काठमाडौं– काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुदमा निमा घर्तीमगरले उसुको नानछ्वान अलराउन्डमा स्वर्ण जितेकी छिन् । 

निमाले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उनले पहिलो राउन्डमा ९.१३ र दोस्रो राउन्डमा ९.६० अंक ल्याएकी हुन् । निमापछि बंगलादेशकी मोरजिना अख्तर र श्रीलंकाकी सन्जु कुमारीले क्रमशः रजत र कास्य पदक जितेका छन् । 

उसुमा निमाले यसअघि पनि स्वर्ण पदक जितेकी थिइन् । नेपालका लागि लगातार दुई सागमा स्वर्ण जित्नु यो रेकर्ड हो । यसअघिको सागमा पनि निमाले नेपालका लागि स्वर्ण दिलाएकी थिइन् । त्यति बेला नेपालले ३ स्वर्णमात्र जितेको थियो । 

यसपटक चाहिँ निमाको यो स्वर्णसँगै नेपालले ३० स्वर्ण जितिसकेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १०:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया