ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतक, भुटानलाई २३७ रनको लक्ष्य
फाइल तस्वीर ।

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा भइरहेको पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी स्कोर बनाएको छ । भुटानविरुद्ध टियु मैदानमा भएको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए ।

ज्ञानेन्द्र मल्लले ५५ बल खेल्दै १०७ रन बनाएका हुन् । यसका लागि उनले पाँच चौका र ९ छक्का प्रहार गरेका थिए । आजको खेलमा पारस खड्काले पनि राम्रो प्रदर्शन गरे । उनले ५७ रनको पारी खेले ।

योसँगै नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको छ । २० ओभर खेल्दा नेपालले ३ विकेटको क्षतिमा २३६ रनको विशाल लक्ष्य खडा गरेको हो । यो नेपालले अहिलेसम्म टी २० मा बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । खेलमा दीपेन्द्र सिंह ऐरीले ४५ रन बनाए । उनले २७ बलको सामना गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १०:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया