काठमाडौ– एपेन्डिसाइटिसको उपचार गराएर अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज हुने सम्भावना छ ।
बिहीबार बिहान बसेको चिकित्सकहरुको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको र अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेमा आज साँझसम्म डिस्चार्ज गर्न सकिनेबारे छलफल भएको थियो ।
स्वास्थ्यमा कुनै थप समस्या नआएमा प्रधानमन्त्रीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।