काठमाडौं– दक्षिण एसियाली खेलकुदअन्तर्गत बिहीबार काठमाडौंमा भएको जारी क्रिकेट खेलमा नेपालले भुटानलाई हराएको छ । नेपालले भुटानविरुद्ध १४१ रनको विशाल अन्तरको जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो ।
सो खेलमा नेपालका लागि पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकरएक विकेट लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।