काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत नेपालले पाँच हजार मिटर दौडमा स्वर्ण पदक हासिल गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका हुन् ।
साे प्रतियाेगितामा रजत पदक भारतले जितेकाे छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ मा दूरी पार गर्दै रजत पदक जितेका हुन् ।
कास्य पदक भने नेपालले नै हासिल गरेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् ।
यो नेपालका लागि ३७औँ स्वर्णपदक हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।