काठमाडौं– शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ एकैसाथ प्रदर्शनमा आएका हुन् ।
सुनिल गुरुङले निर्देशन गरेकाे चलचित्र ‘माछा माछा’लाई अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा सौगात मल्ल, विजय बराल, प्रवीण खतिवडा, नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । यस चलचित्रबाट सुनील गुरुङले निर्देशनमा डेब्यु गरेका हुन् ।
टेक पौरखी राईले निर्देशन गरेकाे चलचित्र ‘माया पिरिम’ कमेडी र एक्सन जनराकाे चलचित्र हाे । यस चलचित्रमा कोसिस क्षेत्री, अभिनेत्री किरण चन्द, विशाल पहारी, कालु राना, जयनन्द लामालगायतको अभिनय छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।