धर्मेन्द्रले किन गरेका थिए दोस्रो विहे ?

एजेन्सी– बलिउड अभिनेता धर्मेन्द्र ८४ वर्षका पुगिसकेका छन् । सन् १९३५ मा पन्जाबका फगवाडामा एक सिख जाट परिवारमा जन्मिएका धर्मेन्द्र पहिलो पटक १९५८ मा मुम्बई पुगेका थिए । त्यहाँ उनी फिल्मफेयर ट्यालेन्ट हन्ट प्रतियोगितामा भाग लिन पुगेका थिए । त्यहाँ नै उनको फिल्म निर्माता अर्जुन हिंगोरानीसँग भेट भयो । अनि उनको फिल्मी यात्रा पनि सुरु भयो । 

उनले पहिलो पटक सन् १९६० मा फिल्म ‘दिल भी तेरा, हम भी तेरे’मा अभिनय गरेका थिए । 

त्यसपछि उनको फिल्मी यात्रा सुरु भयो । तर, सँगसँगै उनको जीवनको नयाँ यात्रा पनि सुरु भयो । फिल्म सीता और गीताको सुटिङमा धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीले एकअर्कालाई नजिक बनाए, उनीहरु प्रेममा परे । खासमा यति बेला धर्मेन्द्र विवाहित मात्र थिएनन्, उनका दुई बच्चा पनि थिए । 

त्यसको केही समयपछि एउटा फिल्मको सुटिङमा धर्मेन्द्रले अचानक हेमा मालिनीलाई प्रस्ताव गरे । तर, हेमाले उनको यो प्रस्ताव तत्काल स्वीकार गरिनन् । 

सन् १९७८ मा हेमाका बाबुको निधन भएपछि धर्मेन्द्रले जुन साथ दिए, त्यसले गर्दा हेमालाई धर्मेन्द्रसँग विवाह गर्न मन भयो । 

तर, कानुनअनुसार धर्मेन्द्रले दोस्रो विवाह गर्न पाउँदैनथे । त्यसैले उनले १९७९ अगस्ट २१ मा इस्लाम धर्म अपनाए, हेमा मालिनीलाई विवाह गरे । त्यति बेला उनलाई नयाँ नाम दिइएको थियो– दिलावर खान । हेमाको नामचाहिँ आयशा बी राखिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १०:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया