‘इमरान सेनाका रबर स्ट्याम्प’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खान सेनाका रबर स्ट्याम्प भएको युरोपियन थिंक ट्यांकले दाबी गरेको छ । एम्स्टर्डमको युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिजले यो दाबी गरेको हो । पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदको अभिव्यक्तिलाई आधार बनाउँदै यो दाबी गरिएको हो । 

राशिदले करतापुर कोरिडोरको परिकल्पना पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाको भएको जनाएको थियो । यो बयान दिएपछि पाकिस्तानमा सरकार कमजोर भएको बताउँदै आइएको छ । यसबाट प्रधानमन्त्रीले स्वयं फैसला नलिने धारणा मिलेको बताइएको छ । 

यही थिंक ट्यांकले भारतसँग सम्बन्ध सुधार गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फैसला महत्वपूर्ण भएको बताउँदै यसको श्रेय सेनालाई दिनु गलत भएको जनाएको छ । यो समूहले पाकिस्तानमा लोकतन्त्र अत्यन्त विकृत भइसकेको पनि जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १०:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया