ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

बाँके– बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । 

आइतबार विहान कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा एक ट्रकले स्कुले बालिकालाई ठक्कर दिएको थियो । बालिकाको घटनास्थलमा नै मृत्यु भयो । मृतक बालिकाको सनाखत भइसकेको छैन । 

ट्रकले ठक्कर दिएलगत्तै स्थानीले ट्रकमा आगो लगाइदिएका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच केहीबेर झडप समेत भयो । आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुंगामुढा गरेको छ । 

भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । 

चोकमा टायर बालेर प्रदर्शन गरिरहेका विद्यार्थीहरुले अन्य गाडीहरुका सिसा पनि फुटाइदिएका छन् ।

प्रहरीले अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको छ । तर, सडकमा टायर बालेर स्थानीय र विद्यार्थी नाराजुलुस गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १२:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया