५ करोड पर्ने सर्पसहित युवा पक्राउ

काठमाडौं– विश्वभर विभिन्न किसिमका सर्पहरु पाइन्छन् । तर, एउटै सर्पको मूल्य ४ करोड ८० लाख पर्छ भन्दा झट्ट पत्यार लाग्दैन । बिहिबार दिल्लीको एक प्रहरी युनिटले चाहिँ दुर्लभ जातको एक सर्प सहित एक युवालाई पक्राउ गरेको छ । दिल्ली प्रहरीले नै त्यो सर्पलाई ३ करोड भारतीय रुपैयाँ पर्ने जनाएको छ । 

जो पक्राउ परेका छन्, ती युवा दिल्लीका नै हुन् । उनलाई यो सर्प लिएर एक ठाउँमा गएर बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

यो सर्पको मुख्य प्रयोग शक्तिबद्र्धक औषधिहरुका लागि गरिने गरिएको छ । यतिमात्र होइन, यसलाई पफ्र्युम बनाउन वा क्यान्सरको उपचारमा पनि प्रयोग गर्ने गरिएको छ । विदेशमा यो सर्पको माग अत्यधिक भएको दिल्ली प्रहरीले जनाएको कुरालाई भारतीय मिडियाले लेखेका छन् । 

पक्राउ परेका युवाले चाहिँ यो सर्प मेरठको जंगलबाट पक्राउ गरेको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १२:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया