१३औँ दक्षिण एसियाली खेलकुद : नेपालले हालसम्म जितेका स्वर्ण

काठमाडौं– पोखरा र जनकपुमा जारी १३ दक्षिण एसियाली खेलकुद (साग) सकिन अब ३ दिन मात्र बाँकी रहेको छ । मंसिर १५ बाट सुरु भएको यो प्रतियोगिता २४ मंसिरमा सकिँदै छ ।

जारी सागमा सर्वाधिक स्वर्ण जितेर नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । यो सागमा नेपालले हालसम्म ४३ स्वर्ण जितिसकेको छ, अझै केही खेल बाँकी रहेकाले यसमा केही स्वर्ण थपिने  सम्भावना पनि छ । यसअघि १९९९को आठौँ सागमा नेपालले जितेको ३१ स्वर्ण नै सर्वाधिक रहेको थियो । नेपालले यो सागमा  ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ । नेपाल त्यसको नजिक–नजिक पुगेको छ । 

यो सागबाट तेक्वान्दो तथा करातेले आफ्नो पुरानो लयलाई सामत्न सफल भएका छन् । यी दुई खेलबाट मात्रै नेपाललाई २२ स्वर्ण प्राप्त भएको छ, जसमा तेक्वान्दो बाट १२ तथा करातेबाट १० स्वर्ण रहेका छन् ।

त्यस्तै, नेपाललई उसुबाट ५ ,साइक्लिङबाट ४, एथ्लेटिक्सबाट ३, पौडी, भारोत्तोलन, ट्रायथलन तथा गल्फबाट समान २, कुस्तीबाट १ स्वर्ण प्राप्त भएको छ । 

नेपाल अहिले ४३ स्वर्ण, ३४ रजत तथा ६५ कास्यसहित १४२ पदकका साथमा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको भारतको ११० स्वर्ण ६९ रजत, ३५ कास्यसहित कुल २१४ पदक रहेको छ  भने तेस्रो स्थानमा रहेको श्रीलंकाको ३० स्वर्ण, ५७ रजत तथा ८३ कास्यसहित कुल १७० पदक रहेको छ ।
  
सागसकिनै लागेकाले नेपालको दोस्रो स्थान लगभग पक्का भइसकेको छ । नेपालका लागि स्वर्ण विजेता खेलाडीको सूची निम्नानुसार छः

तेक्वान्दो  
पुम्से (२३–२९ वर्ष पुरुष) कमल श्रेष्ठ
पुम्से (२३–२९ वर्ष महिला) पार्वती गुरुङ   
पुम्से (१६–२३ वर्ष महिला) सिना मादेन लिम्बू
पुम्से (२९ वर्षमाथि महिला) आयशा शाक्य
पुम्से (२९ वर्षमाथि टिम) आयशा शाक्य र सञ्जीवकुमार पाण्डे
पुम्से (१६–२३ वर्ष महिला टिम) निशा दर्लान, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से (२३–२९ वर्ष महिला टिम) नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई
४६ केजीमुनि–  काजोल श्रेष्ठ
६८ केजीमुिन– वीरबहादुर महरा
८७ केजीमाथि– सक्षम कार्की
६२ केजीमुनि– संगीता बस्याल
८७ केजी– भूपेन श्रेष्ठ
 
कराते
एकल काता– मण्डेकाजी श्रेष्ठ 
टिम काता (पुरुष) महसुस तामाङ, प्रवीण मानन्धर तथा मण्डेकाजी श्रेष्ठ 
टिम काता (महिला) निर्मला तामाङ, संगीता मगर तथा सरु कार्की
५५ केजी– लक्ष्मण तामाङ
८४ केजीमाथि– विप्लबलाल श्रेष्ठ
४५ केजीमुनि– कुसुम खड्का
५० केजीमुनि– अनु अधिकारी
६७ केजी– नवीन रसाइली
६८ केजी– सुनीता महर्जन
६८ केजीमाथि– अनुपमा मगर



उसु
थाउलो– विजय सिन्जाली
थाउलो– सुस्मीता तामाङ
थाउलो– दीपक हमाल
नानछुन अलराउन्ड– निमा घर्तीमगर
५६ केजी– जुनी राई

साइक्लिङ
क्रस कन्ट्री (पुरुष) बुद्धिबहादुर तामाङ
क्रस कन्ट्री (महिला) लक्ष्मी मगर
डाउनहिल (पुरुष) राजेश मगर
डाउनहिल (महिला) निश्मा श्रेष्ठ



एथ्लेटिक्स
१० हजार मिटर दौड– सन्तोषी श्रेष्ठ
५ हजार मिटर दौड– गोपीचन्द्र पार्की

म्याराथन

किरणसिंह बोगटी

गल्फ
पुरुष (एकल) सुवास तामाङ
पुरुष (टिम) शुक्रबहादुर राई, टनकबहादुर कार्की, नीरज तामाङ तथा सुवास तामाङ

पौडी
२०० मिटर ब्याक स्ट्रोक तथा २०० मिटर फ्री स्टाइल– गौरिका सिंह

भारोत्तोलन
८९ केजी–विकास थापा
५९ केजी–सन्जु चौधरी

डुबाथलन

हिमाल टमाटा

ट्रायथलन

सोनी गुरुङ

कुस्ती
संगीता धामी

  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १६:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया