नागरिकतापीडित र सांसदहरुबीच प्रत्यक्ष छलफल, विधेयक पास हुनेमा सांसदकै आशंका

काठमाडौं– आइतबार नागरिकताबाट वञ्चित व्यक्तिहरु र प्रतिनिधिसभाका केही सांसदहरुबीच राजधानीमा प्रत्यक्ष छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, कानुन तथा विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा पीडितले आफ्ना समस्या प्रत्यक्ष रुपमा सांसदहरुसँग राखेका थिए । 

कार्यक्रममा विभिन्न कारणले नागरिकता नपाएका १५ जना व्यक्तिको उपस्थिति थियो । उनीहरुले राखेको गुनासोमाथि अधिवक्ता मीरा ढुंगाना, सांसदहरु विन्दा पाण्डे, निरु गैरे, कृष्णभक्त पोखरेल, बोधमाया यादव, नवराज सिलवाललगायतले आफ्नो राय व्यक्त गरेका थिए । 

कार्यक्रमकी विशेष अतिथि विन्दा पाण्डेले नागरिकता विधेयक पास गराउन आफूहरुले धेरै पहल गरिरहेको भए पनि यो विधेयक सजिलैसँग पास हुनेमा आशंका व्यक्त गरिन् । उनीहरुलाई नागरिकता दिलाउन प्रयास जारी राख्दै सोभन्दा अघि उनीहरुलाई वैकल्पिक परिचयपत्र प्रदान गर्नुपर्ने उनको राय थियो । 


 
पीडितहरुले भने आफुलाई समस्याको वैकल्पिक समाधान नचाहिने आफूहरु नेपाली भएको कारण नेपाली नागरिकता नै चाहिने कुरा व्यक्त गरेका थिए । सांसद कृष्णभक्त पोखरेलले भने नागरिकता विधेयक पास गराएर नै छोड्नेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
कार्यक्रममा सांसद बोधमाया यादवले नागरिकतासँग जोडिएका समस्यासँग आफू जानकार रहेको बताउँदै कुनै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा सजिलै नागरिकता पाउने र नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेमा महिला स्वयं र उनका छोराछोरी समेतले नागरिकता नपाउने विषय आफैँमा दुःखलाग्दो भएको बताइन् । नागरिकता विधेयक पास हुन केही ढिला हुनसक्ने तर अवश्य हुने आशा व्यक्त गरिन् । 

 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १७:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया