पाल्पामा टिपर दुर्घटना, सहचालकको मृत्यु

पाल्पा– पाल्पामा आइतबार दिउँसो भएको टिपर दुर्घटना भएको छ । दुर्घटनामा टिपरका सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

प्रदेश नम्बर ३०–१–००–३ क ४४५६ नम्बरको टिपरका सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगरको मृत्यु भएको हो । प्रहरीका अनुासार पाल्पाको निस्दी गाउँपालिका–३ धार्केसिङस्थित सडकबाट टिपर करिब १ सय २० मिटर तल खसेको थियो । 

टिपर चालक सुर्खेत शिवालय गाउँपालिका–६का ३८ वर्षीय दिलबहादुर थापा घाइते भएका छन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १८:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया