शाहरुख किन डराएका छन् निर्देशक बन्न ?

एजेन्सी– बलिउड अभिनेता शाहरुख खान बरु एक्लै हुन चाहन्छन् तर उनी फिल्म निर्देशन गर्ने कुरामा विश्वास गर्दैनन् । यसमा त बरु उनलाई उदासी छ, आफू सफल हुन्नँ भन्नेमा आशंका छ । उनले बिबिसीका पत्रकारलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि निर्देशनको काम अत्यन्त एक्लोपनाको काम हो, त्यसो गर्न उनलाई कुनै मन छैन । 

‘मलाई सधैं चिन्ता छ कि यदि म निर्देशक बनेँ भने म एक्लो हुनेछु, अहिले पनि एक्लै छु तर अहिले खुसी छु । भोलि निर्देशक बनेँ भने म दुखी हुनेछु,’ उनले भनेका छन्, ‘मलाई राम्रा लागेका फिल्मले पनि राम्रो गर्न सकेका छैनन् । त्यसैले पनि निर्देशकका रुपमा म जान चाहन्नँ ।’

उनले आफूलाई मन परेका फिल्म दिलवाले दुल्हनिया ले जाएंगेको ज्याकेट अहिले पनि आफूसँग भएको बताएका छन् । उनले पछिल्लो समय मेहनेत गर्ने कलाकार कम भएको गुनासो पनि गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २१:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया