प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बालुवाटारमा आराम गरिरहेको ओलीले बालुवाटारमा नै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

उनले सोमबार दिउँसो चार बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । 

शुक्रबार डिस्चार्ज भएका ओलीलाई चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएका छन् । तर, उनले आफ्ना नियमित कामहरु सुरु गर्न थालिसकेका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २१:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया