एजेन्सी– लन्डनको नाइट्सब्रिजका एक दम्पत्तिले आफ्नो घरमा रहेका दुई कुकुर गोल्डन रिट्रिवरलाई देखभाल गर्नेलाई राम्रो तलब दिने भन्दै विज्ञापन गरेका छन् । उनीहरुले कुकुरको हेरचाह गर्नेलाई सातामा पाँच दिन काम गर्दा एक वर्षका लागि ४८ लाख तलब दिने भन्दै विज्ञापन गरेका हुन् ।
उनीहरु कामका कारण घरबाहिर जानु पर्ने भएकाले ती कुकुरको हेरचाह गर्नका लागि यसरी विज्ञापन छापिएको हो । कुकुरलाई हेर्नेले तलबमात्र होइन, त्यहाँ छ कोठा भएको एउटा घर पनि पाउने उनीहरुले जनाएका छन् ।
कुकुर मन पराउने क्यान्डिडेटले यसका लागि निवेदन दिन सक्ने यो जोडीले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।