भ्रमण वर्षका लागि महाकाली–मेची पैदल यात्रा

नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्न दुई युवक महाकाली–मेची पैदल यात्रामा निस्केका छन् । उनीहरूले पश्चिमी सीमा नाका गड्डाचौकीबाट यात्राको सुरुवात गरेका छन् । 

झापाका सुरेश उप्रेती र खगेन्द्र निरौला शुक्रबार पश्चिमी सीमा नाका गड्डाचौकीबाट पैदल यात्रामा निस्केका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले यात्राको उद्घाटन गरेका छन् । उनले पैदल यात्रीलाई दोसल्ला ओढाउँदै टीका लगाएर बिदाइ गरे । 

महाकाली–मेची यात्रामा सबै जिल्लाका पर्यटकीयस्थलको अवलोकन गर्ने र त्यसको प्रचार गर्ने सुरेश उप्रेतीले बताए । कञ्चनपुरबाट सुरु भएको उनीहरूको यात्रा झापा पुगेर समापन गरिनेछ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २२:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया