आमसञ्चार प्रतिष्ठान बनाउँछौँ  : मन्त्री भण्डारी

सुर्खेत– सञ्चारमाध्यमलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले आमसञ्चार प्रतिष्ठान गठन गर्न लागेको कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् । 

आइतबार सुर्खेतमा आयोजित ‘समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आमसञ्चार प्रतिष्ठान गठन गर्न लागिएको बताएका हुन् ।

‘प्रदेश सरकारले पत्रकार दुर्घटना बिमा, पत्रकारिता अध्ययनका लागि छात्रवृत्तिलगायत कार्यक्रम अगाडि बढाएको छ,’ उनले भने । पत्रकारको हकहितका लागि पनि आमसञ्चार प्रतिष्ठानको आवश्यकता परेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार ९:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया