बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट, कालो मोसो र जुत्ताको माला

चितवन– बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्षमाथि शनिबार साँझ स्थानीयवासीको एक समूहले हातपात गरेको छ । सो समूहले उनलाई कुटपिट गरी कालोमोसो मोसो दलेर र जुत्ताको माला लगाइदिएको हो । 

वडाध्यक्ष पञ्चबहादुर प्रजालाई समूहले दिसापिसाब खुवाउने प्रयाससमेत गरेको थियो । वडाको सामान सामुदायिक भवनमा सार्ने विषयमा विवाद हुँदा स्थानीय उत्तरकुमार गुरुङसहितको समूहले वडाध्यक्षलाई सो किसिमको दुव्यवहार गरेको हो ।

उनीहरुले बोक्सा भएको आरोप लगाउँदै दिसा–पिसाब पनि खुवाउन खोजेको पीडित प्रजाले बताएका छन् । घटना भएको वेला आपूसँगै रहेका २–३ जना दाजुभाइमाथि पनि कुटपिट भएको उनले बताए । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १४:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया