साग‍को नवौँ दिन साेमबार १३ खेलमा प्रतिस्पर्धा

काठमाडौं– तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को नवौँ दिन साेमबार १३ खेलको प्रतिस्पर्धा हुँदै छ । साेमबार काठमाडौं, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ । 

फुटबल 
सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रंगशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य  माल्दिभ्सले जितेको छ । पुरुष फुटबलको फाइनल मंगलबार नेपाल र भुटानबीच हुनेछ ।

क्रिकेट 
साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल साेमबार त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलंका र बंगलादेशबीच हुनेछ । यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सबीच सोही मैदानमा खेल हुनेछ । महिलातर्फ स्वर्ण बंगलादेशले, रजत श्रीलंकाले तथा कास्य नेपालले जितेको छ ।

कबड्डी 
महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा हुँदै छ । पुरुषतर्फ भारत र श्रीलंकाबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ ।

बास्केटबल 
त्रिपुरेश्वरस्थित कभर्ड हलमा महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन् । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा नेपाल र भारतबीच खेल हुनेछ । यस्तै महिलातर्फ भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच सेमिफाइनल खेल हुनेछ । 

बक्सिङ 
साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन् । महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, संगीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भूपेन्द्र थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन् । यस्तै सुशील थापामगर, पुरन राई, अर्जुन सिगु, तेजबहादुर देउवा, विकास लामा र चन्द्रकला थापा कास्य पदकका लागि भिड्नेछन् ।



आर्चरी 
आर्चरीतर्फ पोखरामा आज एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । 

स्क्वास 
स्क्वासतपर्फ आज पुरुष र महिलातर्फ विभिन्न खेल हुनेछन् । 



टेनिस 
टेनिसअन्तर्गत आज महिला र पुरुषतर्फको विभिन्न खेल हुनेछन् । टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनीष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ ।

कुस्ती 
कुस्तीतर्फ आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन् ।

जुडो 
सागअन्तर्गत जुडोमा आज विभिन्न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ । खेल आर्मी शारीरिक तालीम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ 
कीर्तिपुरमा फेन्सिङअन्तर्गत आज टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ । 

पौडी 
पौडीअन्तर्गत आज विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन् ।

सुटिङ 
सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ ।

 

  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १५:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया