रुसमाथि सबै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

एजेन्सी– विश्व एन्टी डोपिङ एजेन्सी (वादा)ले रुसमाथि चार वर्षका लागि विश्वमा हुने प्रमुख खेलहरुमा प्रतिबन्ध लगाएको छ ।

यसको अर्थ के हो भने अब टोकियोमा हुने २०२० ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकपमा रुसको झन्डा फहराउने छैन, रुसको राष्ट्रिय गान बज्ने छैन । 

तर, यी प्रतियोगितामा रुसका केही एथलेट्सहरुले सहभागिता जनाउन पाउनेछन् जसले आफूलाई डोपिङ स्क्यान्डलबाट बाहिर रहेको प्रमाणित गर्न सक्नेछन् । उनीहरुले देशको झन्डा चाहिँ ती खेलहरुमा ल्याउन पाउने छैनन् ।

वादाको कार्यकारी समितिले यो निर्णय सोमबार स्विट्जरल्यान्डमा बसेको मिटिङ पछि गरेको हो । यो प्रतिबन्धविरुद्ध उजुरी दिन रुससँग अब २१ दिनको समय छ । 

सन् २०१८ मा भएको विन्टर ओलम्पिक्समा रुसको झन्डा नलिइ १४८ खेलाडीले भाग लिएका थिए । त्यति बेला पनि सोचीमा भएको ओलम्पिक पछि रुसमाथि चार वर्षे प्रतिबन्ध लागेको थियो ।

एथलेटिक्समा त रुसमाथि प्रतिबन्ध सन् २०१५ देखि नै लाग्दै आएको छ ।



यो प्रतिबन्ध भए पनि युरो २०२० मा चाहिँ रुसले सहभागिता जनाउन पाउने छ ।



  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १६:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया