काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।
सोमबार भएको फाइनलमा बंगलादेशले श्रीलंका यू–२३ टिमलाई सात विकेटले हराउँदै स्वर्णपदक आफ्नो पोल्टामा पारेको हो ।
त्रिवि खेलमैदानमा सोमबार भएकाे फाइनलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनायो ।
जवाफी ब्याटिङमा बंगलादेशले पाएको १२३ रनको लक्ष्य १८ ओभर १ बलमै ३ विकेट गुमाउँदै फेला पार्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।