३० हजार मानिसमा ३१ वर्ष गरिएको रिसर्च भन्छ– दैनिक दुईभन्दा धेरै अन्डा खानुहुँदैन

एजेन्सी– यदि तपाईं अन्डा प्रेमी हुनुहुन्छ भने तपाईंका लागि एउटा दुखद समाचार छ । अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् कि दैनिक २ वटाभन्दा धेरै अन्डा खाँदा मृत्युसमेत हुनसक्छ । 

हो, यो नयाँ रिसर्चले यस्तो बताएको हो । दैनिक दुईभन्दा धेरै अन्डा खाँदा कार्डियोभास्कुलर समस्या अर्थात् मुटुसँग सम्बन्धित समस्या देखिन सक्ने अनुसन्धानहरुले जनाएका छन् । र, यो समस्या हुने सम्भावना दुई गुणा बढी बढ्ने बताइएको छ । 

अमेरिकी मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित भएको यो रिसर्चमा यो अध्ययन अमेरिकाका करिब ३० हजार मानिसमा गरिएको जनाइएको छ । उनीहरुको स्वास्थ्यबारे ख्याल चाहिँ ३१ वर्षसम्म गरिएको उक्त जर्नलमा जनाइएको छ । अन्डामा हुने कोलेस्ट्रोलका कारण धेरै अन्डा खान नहुने कुरा प्रकाशित भएको हो ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १९:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया