Fri, 21 Feb, 2020


वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने नेकपाको निर्णय
फरकधार / मंसिर २३, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार पार्टी कार्यालय धुम्बराहीमा बसेको सचिवालय बैठकले विधान संशोधन गरी नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बाटो खुलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकले पार्टीमा उपाध्यक्षको व्यवस्था हुनेगरी विधान संशोधन प्रस्ताव अघि बढाएको हो ।



यस्तै, सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरी विधान संशोधनको तयारी पार्टीले गरेको हो ।

सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते स्थायी कमिटीकाे बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्