चार छाया मन्त्रीले बुझाए प्रतिवेदन

प्रमुख प्रतिपक्षी कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका काम निगरानी र खबरदारी गर्न गठन गरेको चार जना छाया मन्त्रीले प्रतिवेदन बुझाएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाको संयजकत्वमा कांग्रेसले ६ जेठमा छाया मन्त्रिमण्डल गठन गरेको थियो । चार जना छाया मन्त्रीले मुख्य सचेतक बालकृष्ण खाँडलाई प्रतिवेदन बुझाएका हुन् । छाया मन्त्री डा डिला संग्रौला, सुजाता परियार, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरीले प्रतिवेदन बुझाएका छन् ।  

भीमसेनदान प्रधान, गगन थापा, लक्ष्मी परियार, डा. ज्ञानेन्द्रबहादुर कार्की, डा.मिनेन्द्र रिजाल, देवेन्द्रराज कंडेल, अतहर कमाल मुसलमान, किशोरसिंह राठौर, उमा रेग्मी, सञ्जयकुमार गौतम, राधेश्याम अधिकारी, बहादुरसिंह लामा लगायका छाया मन्त्रीले प्रतिवेदन बुझाएका छैनन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार २०:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया