भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको विरोध जनाउँदै नेपाल विद्यार्थी संघ (नेवि संघ)ले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौंको बसन्तपुर डबलीमा नेविसंघका विद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् ।
‘चिनौँ सीमा, जोगाऔँ माटो’ अभियान संचालन गरेको भन्दै विद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । काठमाडौंको बसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका थिए । सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाइ गर्न नहुने भन्दै उनीहरूले वास्तविक नक्सा पाठ्यक्रममा समेटनु पर्ने बताए ।
कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।