यी ५ गल्ती, आँखाका लागि हानिकारक हुन सक्छन

आँखा हाम्रो शरीरको संवेदनशिल र महत्वपूर्ण अंग हो । यसकारण आँखाको हेरचाहमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । थोरै लापरवाहीले पनि आँखालाई ठूलो हानी पुर्याउन सक्छ । हामीले दैनिक रुपमा गर्ने क्रियाकलापहरुले हाम्रो आँखालाई कति हानी पुर्याउँछ, हेरौं ५ वटा कारणहरु । 

अध्याँरोमा पढ्दा 

अध्ययन गर्दा प्रयाप्त रुपमा उज्यालो नहुँदा पनि अाँखाकाे विरामी हुने जोखिम हुन्छ । थोरै उज्यालोमा पढ्दा आँखाका लागि हानिकारक हुन्छ । उज्यालो कम हुँदा नजिक र टाढाको दृष्टिमा फरक पर्छ । नजिक भएका वस्तुमा आँखा बढी फोकस हुन्छ, यो आँखाको लागि हानिकारक हुन्छ । 

स्क्रीनमा पढ्दा 

आजभोली मानिसहरु पढ्नका लागि मोबाइल, ल्यापटप अथवा ई–रिडर प्रयोग गर्छन् । तर इलेक्ट्रोनिक्स स्क्रीनका ग्याजेट्सहरु आँखाका लागि फाइदाजनक छैनन् । चिकित्सकका अनुसार इलेक्ट्रोनिक स्क्रीन, कम्प्युटर, ट्याबलेट्स, स्मार्टफोनको लाइटले सुर्यको परावैजनी किरणले जस्तै हानी पुर्याउँछ । यसले आँखामा मोतियाबिन्दु समेत हुन सक्छ । 

लामो समय कम्प्युटरमा काम गर्दा



लगातार कम्प्युटरमा काम गर्दा, मोबाइल चलाउँदा आँखाका लागि असहजता महसुस हुन्छ । मानिसले औसतमा आँखा १२–१५ पटक झिम्काउने गर्छन तर कम्प्युटरमा काम गर्दा आँखा केवल ४–५ पटक मात्र आँखा झिम्काउने गर्छन् । धेरै लामो समय काम गर्दा ड्राई आई सिन्ड्रोम, आँखा चिलाउने जस्ता समस्या देखा पर्छन् ।

कम्प्युटरमा लगातार काम गर्दा आँखाबाट पानी निस्कने समस्या हुन्छ, आँखा नझिम्काउँदा ल्युब्रिकेन्ट राम्रोसँग आँखा फैलन सक्दैन जसले आँखा विभिन्न समस्याहरु देखिन्छ । 
लामो समय मोबाइल चलाउँदा 



मोबाइल, कम्प्युटरमा आँखाले सीधा हेर्दा सबैभन्दा बढी हानिकारक हुन्छ । कम्प्युटर,मोबाइल र आँखाको दुरी कम हुन्छ, आँखाको मुभमेन्ट कम हुन्छ । आँखा लामो समयसम्म एउटै मुभमेन्टमा फोकस हुन्छ । मोबाइल र कम्प्युटर अत्याधिक प्रयोग गर्ने मानिसमा ड्राई आई सिन्ड्रोम देखिन्छ । 

धूम्रपान आँखाका लागि हानिकारक

धूम्रपानले मानिसको आँखालाई समेत असर पुर्याउँछ । चुरोटमा करिव ४००० केमिकल्स हुन्छन्, जो शरीर भित्र गएर अन्य अंगसँगसँगै आँखामा पनि हानी पुर्याउँछन् । धेरै चुरोट पिउँदा आँखामा रातो दाग हुनुका साथै आँखा सम्बन्धी अन्य रोगहरु पनि लाग्न सक्ने सम्भावना हुन्छ । 
 

  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार २१:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया