फुटबल हेर्न रंगशाला गएका दर्शकमाथि प्रहरीको लाठी

काठमाडौं– १३औं सागअन्तर्गत दशरथ रंगशालामा हुने फुटबल खेल हेर्न गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल र भुटानबीचको फुटबल हेर्न टिकटका लागि त्यहाँ पुगेका मानिस कुटिएका हुन् ।  

मंगलबार नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल खेल हुँदै छ । सो खेलको सबै टिकट बिक्री भइसकेको थियो । उनीहरुलाई हटाउने क्रममा प्रहरीले घेरा हाली–हाली कुटेको थियो ।

सो दृश्य खिच्ने क्रममा प्रहरीले फोटो पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १२:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया