अब ग्लोबल आइएमई बैंकले विदेशमा पनि शाखा खोल्ने

काठमाडौं– केही दिनअघि जनता बै‌ंकसँग मर्ज भएर नेपालकै ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमई बैंकले अब विदेशमा पनि शाखा खोल्ने भएको छ ।बैंकले अस्ट्रेलियाको सिड्नीबाट यो योजना सुरु गर्न लागेको हो । 

अस्ट्रेलियामा आयोजित अन्तरक्रियामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो जानकारी दिएका हुन् । उनले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएको र लगानीकर्ताका लागि बैंकले उपयुक्त सहजकर्ताको भूमिका निर्वाह गर्ने दाबी गरेका छन् ।

हाल ग्लोबल आइएमईको अस्ट्रेलिया, भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेका छन् । बैंकले अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु गरेको ढकालले बताए । 

नेपालमा प्रदेश–प्रदेश र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा सुरु भएका कारण लगानीको सम्भावना बढेर गएको उनले बताए । देशका सातवटै प्रदेशमा आइएइमई समूहले चन्द्रागिरि केबुलकार तथा रिसोर्टजस्तै परियोजना निर्माण गर्न लागेको पनि उनले जानकारी गराए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १३:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया