अमेरिका भ्रमण सकेर राप्रपा अध्यक्ष थापा नेपाल फर्किए

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापा तीन हप्ता लामो अमेरिका भ्रमण सम्पन्न गरी मंगलबार काठमाडौं आइपुगेका छन् । अध्यक्ष थापा अमेरिकामा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुन गत कात्तिक २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

आइडियु फोरममा सहभागी हुने क्रममा अध्यक्ष थापाले अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका अध्यक्ष एवं क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, महासचिव क्रिस्टिन क्याटनर, एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस इडवार्डस्लगायत युनियनका सदस्य पार्टीका नेताहरूसँग भेटघाट र वार्ता गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

क्यानाडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्परले उद्घाटन गरेको सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेता सहभागी थिए । सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षाका साथै परम्परागत मूल्य–मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत विचार विमर्श भएको राप्रपाले जनाएको छ । 

सम्मेलनमा थापा नेतृत्वको प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी थिए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १४:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया