एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपका रेष्टुरेण्टमा विशेष छुट

काठमाडाैं– एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रा.लि. बत्तिसपुतली, काठमाडौंबीच एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टमा १५प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्तालाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपका तर्फबाट इन्टरनेसनल मार्केटिङ एण्ड कम्युनिकेसन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १४:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया