सूचना आयोगका प्रमुख र आयुक्तको सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो सिफारिस प्रक्रिया नै असंवैधानिक रहेको भन्दै अधिवक्ता विष्णु लुइँटेलले रिट दायर गरेका हुन् ।

सो सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै मंगलबार दर्ता भएको रिटमाथि बुधवार सुनुवाइ हुँदै छ । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा डा. महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सोमबारको बैठकले सोही सिफारिसअनुसार नियुक्ति गरेको उनीहरुको नियुक्ति गरेको थियो । तर, अहिलेसम्म सरकारले निर्णय बाहिर ल्याइसकेको भने छैन ।  नियुक्तिको औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै सिफारिस प्रक्रिया संविधानविपरीत भएको भनेर रिट परेको छ ।

सूचना आयोगका पदाधिकारीको सिफारिस सभामुखको अध्यक्षतामा रहेको समितिले गर्ने संवैधानिक व्यवस्था छ । समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र पत्रकार महासंघका अध्यक्ष पदेन सदस्य हुन्छन् ।

सभामुख नभएको अवस्थामा उपसभामुखले नै सभामुखको अधिकार प्रयोग गरेर सिफारिस समितिको बैठक राखेकी थिइन् । सभामुखको अधिकार उपसभामुखले प्रयोग गरेको सन्दर्भमा अब सर्वोच्च अदालतबाटै संवैधानिक परीक्षण हुने भएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १८:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया