हिउँदे अधिवेशन सुरु हुनुअघि नै उपसभामुखलाई राजीनामा गराउने नेकपाकाे तयारी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।

स्रविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने व्यवस्था छ । सभामुख पद रिक्त रहेकाले सभामुख पद लिन नेकपाले पुस ४ गतेका लागि बोलाइएको संसदको हिउँदे अधिवशेनअगावै उपसभामुखको राजीनामा गराउन लागेको हो । 

सभामुख कोही नभए पनि उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिन सक्नेछिन् । उपभामुख तुम्बाहाम्फेले आफूले राजीनामा दिने निश्चित भए पनि त्यसको मिति तय नभइसकेको बताएकी छिन् ।

उनले निर्वाचनको प्रक्रियाबारे छलफल गर्न पुस ४ अघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेकी छिन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १९:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया