लोकसेवाले माग्यो १०९६ अधिकृत

काठमाडौं– लोकसेवा आयोगले बुधबार एक हजार ९६ जना अधिकृतका लागि विज्ञापन खुलाएको छ । यसमध्ये ३ सय २८ जनाको पदपूर्ति बढुवाबाट हुनेछ । 

लोकसेवाले खुलाबाट ४१९ र बाँकी ३४९ जना विभिन्न समावेशी समूहका लागि छुट्याएको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कुल १ हजार ९६ पदका लागि आवेदन आह्वान गरिएको हो । 

प्रशासन सेवाको सामान्य प्रशासन समूहमा सबैभन्दा बढी ५ सय ६० जना माग गरिएको छ । त्यसमध्ये खुल्लाबाट २ सय १६ र बढुवाबाट १ सय ६८ जनाको पदपूर्ति गरिनेछ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातिमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ । व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवातर्फ न्याय समूहमा २ सय ९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ ।

लोकसेवा आयोगले सबैभन्दा कम परराष्ट्र सेवामा ४ जना माग गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार ११:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया