१३औँ दक्षिण एसियाली खेलकुद : ऐतिहासिक सफलता

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग) भव्यताका साथ सम्पन्न भएको छ । मंसिर १५ गतेबाट सुरु भएको यो प्रतियोगिता २४ मंसिरमा समापन भएको हो । काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न विभिन्न खेलमा नेपालले ऐतिहासिक सफलता प्रप्त गर्यो । १४औँ सागको आयोजना गर्ने जिम्मा पाकिस्तानलाई दिँदै १३औँ सागलाई नेपालबाट बिदाइ गरिएको छ । 

यो सागमा २६ खेलमा ३ सय १६ स्वर्ण ३ सय १६ रजत तथा ४ सय ३१ कास्य पदक गरी कुल १,०६३ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।   

यो सागमा नेपालकी गौरिका सिंहले एउटै सागमा ४ स्वर्ण जितेर नयाँ कीर्तिमान कायम गरिन् । भुटान स्वर्ण नजित्ने एक्लो टिम बन्यो भने १ मात्र स्वर्ण जितेको माल्दिभ्स सबैभन्दा कम पदक जित्ने टोली बन्यो ।

नेपालले यस सागमा समावेश गरिएका खेलमध्ये सुटिङबाहेकका अन्य सबै खेलमा कुनै न कुनै पदक जितेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कुल २०६ पदक आफ्नो नाममा गराउँदै दोस्रो स्थानमा रहेर सागमा घरेलु टिमको इज्ज्त राखेको छ । 

पहिलो स्थानमा रहेको भारतले १७४ स्वर्ण ९३ रजत, ४५ कास्यसहित कुल ३१३ पदक आफ्नो पोल्टामा पा¥यो भने तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत तथा १२८ कास्यसहित कुल २५१ पदक आफ्नो नाममा गरायो ।

त्यस्तै, पकिस्तान ३१ स्वर्ण, ४१ रजत तथा ५९ कास्यसहित कुल १३१ पदक जित्दै चौथो स्थानमा रह्यो भने बंगलादेश १९ स्वर्ण ३२ रजत तथा ८७ कास्यसहित कुल १३८ पदक जित्दै पाँचौँ स्थानमा रह्यो । त्यस्तै, माल्दिभ्स १ स्वर्ण ४ कास्यसहित कुल ५ पदकका साथ छैटौँ भयो भने भुटान ७ रजत तथा १३ कास्यको साथमा अन्तिम स्थानमा रह्यो । 
 
साग इतिहासमा सर्वाधिक स्वर्ण जितेर आयोजक नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । यसअघि १९९९ को आठौँ सागमा नेपालले जितेको ३१ स्वर्ण नै सर्वाधिक रहेको थियो । ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले लक्ष्यभन्दा बढी स्वर्ण जितेको छ । 



यो सागबाट तेक्वान्दो तथा करातेले आफ्नो पुरानो लयलाई समात्न सफल भएका छन् । यी दुइ खेलबाट मात्रै नेपाललाई २२ स्वर्ण प्राप्त भएको छ । जसमा तेक्वान्दो बाट १२ तथा करातेबाट १० स्वर्ण रहेका छन् ।

त्यस्तै, नेपाललाई उसुबाट ५, साइक्लिङ तथा पौडीबाट समान ४, एथ्लेटिक्स तथा बक्सिङबाट समान ३, जुडो,  भारोत्तोलन, ट्रायथलन तथा गल्फबाट समान २ र कुस्ती तथा फुटबलबाट समान १ स्वर्ण प्राप्त भएको छ । 



नेपालका लागि स्वर्ण जित्ने खेलाडीहरू
 
तेक्वान्दो  
पुम्से (२३–२९ वर्ष पुरुष) कमल श्रेष्ठ
पुम्से (२३–२९ वर्ष महिला) पार्वती गुरुङ   
पुम्से (१६–२३ वर्ष महिला) सिना मादेन लिम्बू
पुम्से (२९ वर्षमाथि महिला) आयशा शाक्य
पुम्से (२९ वर्षमाथि टिम) आयशा शाक्य र सञ्जीवकुमार  पाण्डे
पुम्से (१६–२३ वर्ष महिला टिम) निशा दर्लान, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से (२३–२९ वर्ष महिला टिम) निता गुरुङ, प्रशंसा क्षेत्री र  सुशीला राई
४६ केजीमुनि –  काजोल श्रेष्ठ
६८ केजीमुनि – वीरबहादुर महरा
८७ केजीमाथि – सक्षम कार्की
६२ केजीमुनि – संगीता बस्याल
८७ केजी – भूपेन श्रेष्ठ

कराते
एकल काता – मण्डेकाजी श्रेष्ठ 
टिम काता (पुरुष) महसुस तामाङ, प्रवीण मानन्धर तथा मण्डेकाजी श्रेष्ठ 
टिम काता (महिला) निर्मला तामाङ, संगीता मगर तथा सरु कार्की
५५ केजी – लक्ष्मण तामाङ
८४ केजीमाथि – विप्लवलाल श्रेष्ठ
४५ केजीमुनि – कुसुम खड्का
५० केजीमुनि – अनु अधिकारी
६७ केजी – नवीन रसाइली
६८ केजी – सुनीता महर्जन
६८ केजीमाथि – अनुपमा मगर

उसु
थाउलो – विजय सिन्जाली
थाउलो – सुस्मीता तामाङ
थाउलो – दीपक हमाल
नानछुन अलराउन्ड – निमा घर्तीमगर
५६ केजी – जुनी राई

साइक्लिङ
 क्रस कन्ट्री (पुरुष) बुद्धिबहादुर तामाङ
क्रस कन्ट्री (महिला) लक्ष्मी मगर
डाउनहिल (पुरुष) राजेश मगर
डाउनहिल (महिला) निश्मा श्रेष्ठ

एथ्लेटिक्स
१० हजार मिटर दौड – सन्तोषी श्रेष्ठ
५ हजार मिटर दौड – गोपीचन्द्र पार्की
म्याराथन – किरणसिंह बोगटी

गल्फ
पुरुष (एकल) सुवास तामाङ
पुरुष (टिम) शुक्रबहादुर राई, टंकबहादुर कार्की, नीरज तामाङ तथा सुवास तामाङ

पौडी
२०० मिटर ब्याक स्ट्रोक, २०० मिटर फ्री स्टाइल, ४०० मिटर फ्री स्टाइल तथा १०० मिटर फ्री स्टाइल– गौरिका सिंह

भारोत्तोलन
८९ केजी – विकास थापा
५९ केजी – सन्जु चौधरी

ट्रायथलन
डुबाथलन – हिमाल टमाटा
ट्रायथलन – सोनी गुरुङ

कुस्ती
संगीता धामी

जुडो 
५२ केजीमुनि – देविका खड्का 
७८ केजी – पुनम श्रेष्ठ 

 बक्सिङ
५४ केजी – मिनु गुरुङ
६४ केजी भूपेन्द्र थापामगर
६० केजी सनील शाही

फुटबल
यू–२३ पुरुष फुटबल टिम

  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १६:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया