अमेरिकाको न्यु जर्सीमा हतियारधारी आक्रमण, एक प्रहरीसहित ६ को मृत्यु

एजेन्सी– अमेरिकाको न्यु जर्सी सहरमा प्रहरी र हतियारधारीबीच गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । सहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइते भएका छन् । 

न्यु जर्सी सहरको ग्रिनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो । गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने खुलेको छैन । अधिकारीहरुले आतंकवादी आक्रमण भएको अनुमान गरेका छन् । 

दुई संदिग्ध व्यक्तिल एक पसलमा लुकेर आक्रमण गर्न सुरु गरेको स्थानीयवासीले बताएक छन् । सो आक्रमणमा परी १३ वर्षदेखि जर्सी सहरको प्रहरी सेवामा कार्यरत ३९ वर्षीय जोसेफ सिल्स मारिएक छन् । 

स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासि गोली चल्न थालेपछि बन्दुकधारीलाई पक्रने कोसिस गर्दा उनी मारिएका हुन् । जोसेफको हत्यापछि ट्रकमा चढेर भागेका हतियारधारीले एक सुपरमार्केटमा पुगेर पसलभित्रका तीनजना व्यक्तिको पनि हत्या गरेका थिए । 

त्यसपछि आइपुगेको विशेष प्रहरी दस्ताले आक्रमणकारी पनि मार्यो । आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने कैयाँै राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १६:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया