सागमा पदक जित्ने खेलाडी नगद पुरस्कार घोषणा

काठमाडौं– सरकारले १३औँ सागमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 

मंगलबार मात्र सम्पन्न भएको यो सागमा नेपाल ५१ स्वर्ण  ६० रजत तथा ९५ कास्यसहित कुल २०६ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो । 

बुधबार प्रधानमन्त्री निवास बालुटारमा आयोजित बधाई कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

जसअनुसार सरकारले सागमा स्वर्णपदक जित्ने खेलाडीलाई जनही ९ लाख, रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख तथा तथा कास्यपदक जित्ने खेलाडीलाई जनही ३ लाख प्रदान गर्ने भएको छ । 

त्यस्तै, दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख तथा स्वर्ण जित्ने टिमका खेलाडीलाई भने जनही ५ लाख दिइनेछ ।  
 





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १७:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया