विशेषदूत कसैले स्ट्याटस लेख्यो भन्दैमा कुदिहाल्ने विषय होइन : प्रवक्ता बाँस्कोटा

काठमाडौं– भारतसँग सीमा विवाद सम्बन्धमा माधवकुमार नेपाललाई विशेषदूत बनाएर छलफल गर्नेबारे सरकारले कुनै निर्णय नगरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रस्ट पारेका छन् । सो विषय आफूले पनि मिडियाबाट मात्र थाहा पाएको उनको भनाइ छ । 

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले विशेषदूत ‘कसैले स्ट्याटस लेख्यो भन्दैमा कुदिहाल्ने’ विषय नभएको भन्दै व्यंग्य गरेका छन् । केही दिनअघि नेता नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेट गरेका थिए । 

सीमा विवाद पुरानो विषय भएको र यसको कूटनीतिक समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘सम्पूर्ण प्रमाण जुटाएर सार्वजनिक बहसभन्दा पनि वातावरण सहज बनाएर छलफल गर्नुपर्छ।’

विशेषदूत बनाउनेबारे कुनै छलफल नभएको संकेत गर्दै उनले भने, ‘विशेषदूत जुन दिन हुन्छ, त्यो दिन थाहा पाउनुहुन्छ ।’





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १७:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया